किशोरसिंह राठोरले फिर्ता लिए सभापतिको उम्मेदवारी, गगनलाई सहयोग गर्ने

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएका हुन् ।

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए ।

राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताएका छन् ।

त्यसो त सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो । जसमा राठोरसहित गगन थापा र श्यामकृष्ण खड्गी रहेका छन् । यता खड्गीले भने यो समाचार तयार पार्दासम्म आफ्नो उम्मेदवारीबारे कुनै पनि निर्णय गरेका छैनन् ।

मंगलबार सभापतिमा उम्मेदवारी दर्ता गरेसँगै गगन थापाले धेरै जनाको उम्मेदवारी परेको भन्दै धेरै नेताहरुलाई अन्य ठाउँमा व्यवस्थापन गर्ने सकिने भएकाले उम्मेदवारी फिर्ता लिन आग्रह समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?