भूमि मन्त्रालयका ४४ उपसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? [नामावलीसहित]

लोकपथ
448
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले शिक्षा, प्रशासन तथा इन्जिनियरिङ सेवामा कार्यरत राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव वा सोसरहका कर्मचारीलाई एकैपटक सरुवा गरेको हो ।

सरुवा हुनेमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल र चेतराज बराल रहेका छन् ।

त्यस्तै, डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेककुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल र शिवप्रसाद लम्साल पनि सरुवा भएका छन् ।

सरुवा हुने अन्य कर्मचारीमा हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?