नवलपरासीमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकपथ
364
Shares

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो । सो बसमा १८ जना सवार थिए । चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा पल्टिएको जनाइएको छ ।

दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको छ । नामथर र ठेगाना नखुलेका करिब ४०÷४२ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृति, बाजुराका पवन बुढा, बर्दियाका सञ्जय थारु, बाजुराका प्रेम बम, ललितपुरका अनोज खत्री, बर्दियाका लाल बहादुर कार्की, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?