२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख, यी हुन् १ लाख जित्ने १५ जना

लोकपथ
3.6k
Shares

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुले जितेका छन् । उनले १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गरेका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा उपहार विजेता घोषणा गरेका हु न्।

कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विजेता कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले फोनमार्फत बधाई दिँदै पुरस्कार लिन नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए ।

त्यसमध्ये नगद कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार थिए भने अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार थिए ।

यस अवधिमा दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताको कुपनसमेत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?