२५ सदस्यीय प्रधानमन्त्रीको सचिवालय टिम : ३ जनालाई मन्त्री सरह सुविधा, कसलाई के जिम्मेवारी ?

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सचिवालय टिम २५ सदस्यीय रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्रीको सचिवालय टिम अन्तर्गत ३ जनालाई मन्त्री सरह सुविधा दिइएको छ ।

जसमा मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदिश प्रसाद अग्रवाल रहेका छन् ।

मुख्य सल्लाहकार ब्यञ्जनकार र स्वास्थ्य सल्लाहकार अग्रवाल भने अवैतनिक अर्थात् तलब नलिइ काम काम गरेको उल्लेख गरिएको छ ।

यसैगरी २ जना सल्लाहकारलाई राज्यमन्त्री सरह सुविधा उपलब्ध गराइएको छ । जसमा नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् ।

यता प्रमुख स्वकीय सचिव सुवास शर्मालाई रा.प विशिष्ट श्रेणी अर्थात् सचिव सरहको सुविधा दिइएको छ ।

नविन भण्डारी (स्वकीय सचिव) राज पत्र प्रथम श्रेणी वा सो सरह, सन्जिव पाण्डे (स्वकीय सहसचिव) राजपत्र प्रथम सरह, दिपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ) राजपत्र प्रथम सरह, सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक) राजपत्र प्रथम सरह, विश्व राई (विज्ञ सामाजिक विकास) राजपत्र प्रथम सरह सेवासुविधा दिइएको छ ।

यसैगरी स्वकीय उपसचिवमा प्रकृति ढकाल (राजपत्र द्धितीय सरह), स्वकीय उपसचिवमा विशाल अधिकारी (राजपत्र द्धितीय सरह), सहायक विज्ञ (नागरिक उड्डयन) मा सुमन गौतम, (राजपत्र द्धितीय सरह), सहायक विज्ञ भाषा तथा मस्यौदामा रवि किरण अधिकारी (राजपत्र द्धितीय सरह), स्वकीय उपसचिवमा विनय शाक्य (राजपत्र द्धितीय सरह), सुरेश बजगाईँलाई स्वकीय शाखा अधिकृत (प्रेस सहजकर्ता) (राजपत्र तृतीय सरह), राजपत्र तृतीय श्रेणी वा सो सरह सुविधासहित स्वकीय शाखा अधिकृत (ग्राफिक्स डिजाइन) का लागि रोशन तामाङ, राजपत्र तृतीय श्रेणी वा सो सरह बेदानन्द जोशीलाई स्वकीय शाखा अधिकृतको जिम्मेवारी दिइएको छ ।

यता हेम नारायण चौधरीलाई राजपत्र तृतीय श्रेणी वा सो सरह सुविधासहित अनुसन्धान अधिकृतमा नियुक्ति दिइएको छ ।

यस्तै प्रशासन सहायकमा अनुप थापा मगर (रा.प. अनं प्रथम सरह), प्रशासन सहायकमा ऋषी थापा (रा.प. अनं प्रथम सरह), रा.प. अनं प्रथम सरह सुविधा दिएर कम्युटर सहायक (भिडियो ग्राफर) मा अमृत पाण्डे, प्रशासन सहायकमा रा.प. अनं प्रथम सरह सुविधासहित राजकुमार गौतमलाई जिम्मेवारी दिइएको छ । यसैगरी प्रशासन सहायकमा बेनिस कार्की रहेका छन् । कार्कीलाई रा.प. अनं प्रथम सरह सुविधा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?