काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान र सीप मुलुकको विकासमा उपयोग गर्न आग्रह गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रतिनिधिसभामा रहेका इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शाहले सांसदहरूलाई आफ्नो प्राविधिक दक्षता र अनुभवको अधिकतम उपयोग गर्दै देश विकासमा योगदान दिन आग्रह गरे ।
‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ उनले भने ।
उनले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिन सुझाव दिए । निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
छलफलमा सहभागी सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिको संज्ञा दिँदै प्रधानमन्त्री शाहले त्यस्ता व्यक्तिले घटना र व्यक्तिप्रधान विषयमा भन्दा नयाँ विचारमा केन्द्रित भएर काम गर्ने बताए ।
‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले सधैँ नयाँ ‘आइडिया’मा कुरा गर्ने र त्यसैअनुसार काम गर्ने भएकाले पाँच वर्षमै मुलुकलाई विकासको बाटोमा अघि बढाउन सकिने उनले बताए ।
छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाह तथा सांसदहरू तपेश्वर यादव, जगदीश खरेल ९दोलखा०, आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा। राम लामाको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया