सशस्त्रका डीएसपी पृथ्वी खनाल ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को फाइनलमा

लोकपथ
161
Shares
फाइल तस्बिर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी), गायक, सङ्गीतकार तथा इन्जिनियर पृथ्वी खनाल अन्तर्राष्ट्रिय सांगीतिक टेलिभिजन रियालिटी शो ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को नेपाल छनोट चरणका अन्तिम ११ प्रतिस्पर्धीमा पर्न सफल भएका छन् ।

नेपालको अन्तिम प्रतिनिधि छनोटका लागि आगामी ७ अक्टोबर २०२६ मा आयोजना हुने प्रतिस्पर्धामा खनालले अन्य दश फाइनलिस्टसँग प्रतिस्पर्धा गर्नेछन् ।

‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को मुख्य प्रतियोगिता आगामी १४ नोभेम्बर २०२६ मा थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने जनाइएको छ । प्रतियोगितामा नेपालसहित भुटान, मलेसिया, फिलिपिन्स, गणतन्त्र कोरिया, लाओस, थाइल्यान्ड, बङ्गलादेश, भियतनाम, मङ्गोलिया र कम्बोडिया गरी ११ राष्ट्रको सहभागिता रहनेछ ।

सशस्त्र प्रहरी सेवासँगै नेपाली गीत–सङ्गीतमा सक्रिय खनालले नेपाल छनोटको अन्तिम चरणमा स्थान बनाएसँगै उनका शुभेच्छुक तथा संगीतप्रेमीहरू उत्साहित भएका छन् ।

नेपाल छनोटमा विजयी भएमा उनले बैंककमा आयोजना हुने मुख्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

खनालकै शब्द, सङ्गीत तथा स्वर रहेको ‘धुम्बा तालैमा’ (हिमालयको आत्मा–मुस्ताङ) बोलको उक्त गीत हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?