काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छन् ।
अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले इरानसँग तत्काल युद्धविराम गर्न अस्वीकार गरेका हुन् ।
रिपोर्टमा ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सकिएपछि इरानविरुद्ध हवाई आक्रमण पुनः सुरु गर्न चाहेको उल्लेख छ ।
इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज जलडमरु पुनः खोल्ने प्रस्ताव पठाएको समयमा उक्त रिपोर्ट सार्वजनिक भएको हो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौतामा तय गरिएका आवश्यक सर्त पूरा गरेपछि मात्रै होर्मुज जलडमरु खोल्ने प्रक्रिया सुरु हुने बताएका थिए ।
यसै साता राष्ट्रपति ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिएका थिए । तर, पछि उनले अमेरिकी प्रतिनिधिहरूको इरानी पक्षसँग ‘राम्रो कुराकानी’ भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया