काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि महर्जनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पतालबाट ललितपुरस्थित निवासतर्फ फर्किएका उनलाई विभिन्न स्थानमा स्थानीयले फूलमाला लगाएर स्वागत गरेका छन् ।
गत भदौ १० गते आएको भीषण बाढीका कारण महर्जन जलविद्युत आयोजनाको सुरुङभित्र फसेका थिए । उनी १० दिनसम्म अँध्यारो सुरुङभित्र जीवनका लागि संघर्ष गरिरहेका थिए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले लामो प्रयासपछि महर्जनलाई जीवितै बाहिर निकालेको थियो । उनको उद्धारको विषय नेपालमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमै चर्चामा आएको थियो ।
उद्धारपछि उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले निरन्तर निगरानीमा राखेका थिए । लामो समयको मानसिक तथा शारीरिक तनावपछि उनको स्वास्थ्यमा क्रमशः सुधार आएको थियो ।
शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने क्रममा महर्जन पूर्णरूपमा होसमा र स्वस्थ देखिएका थिए । निवास फर्कने क्रममा स्थानीयले फूलमाला लगाएर उनको स्वागत गर्दै स्वास्थ्यलाभको कामना गरेका थिए ।
महर्जनले आफूलाई नयाँ जीवन प्रदान गर्ने उद्धारकर्ता तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया