काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सहितको प्रतिनिधि मण्डलको टोली यतिबेला अमेरिकामा रहेको छ ।
संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेनसहितको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो । त्यसो त परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली केही दिन अघिदेखि नै न्ययोर्कमा रहेको छ । परराष्ट्रमन्त्री खनालले मुख्य सत्रमा सहभागि भएपछि अन्य बैठकहरुमा सहभागितासहित विभिन्न राष्ट्रका प्रतिनिधिहरुसँग भेटघाटलाई तीव्रता दिइरहेका छन् ।
यता प्रधानमन्त्री बालेनले नेपाली समय अनुसार शुक्रबार बिहान संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्नेछन् ।
बालेनका मुख्य राजनीतिक सल्लाहकार अशिम साहका अनुसार शुक्रबार बिहान ५ बजेदेखि ६ बजेको हाराहारीमा सम्बोधन गर्न सक्ने सेड्युल रहेको छ । साथै वक्ताहरुको बोल्ने क्रम अनुसार केही तलमाथि हुन सक्नेछ ।
हालै नेपालले भोगेको प्राकृतिक विपत्तिपछि तत्काल संयुक्त राष्ट्र संघको महासभा भएका कारण नेपालले आफ्नो कुरा राख्ने अन्तर्राष्ट्रिय मन्चका रुपमा त्यसलाई प्रयोग गर्ने विश्वास गरिएको छ ।
जलवायु परिवर्तनको असरका कारण रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालले ठूलो धनजनको क्षति व्यहोरेको छ । यसैबिच प्रधानमन्त्री बालेनले विश्वका नेताहरु सामु नेपालको तर्फबाट जलवायु न्यायको लागि आवाज उठाउने र विश्वको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ । साथै नेपालले विश्वका धनी राष्ट्रहरुको कार्वन उत्सर्जनका कारण न्यून कार्वन उत्सर्जन गर्ने नेपालले असर भोगिरहेको भन्दै न्यायका लागि विश्वसँग अपिल गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया