इलाम । जिल्लाको इलाम नगरपालिका–९ भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ५ सय ४ किलो ६ सय १० ग्राम मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीले ना.४ ख ८९९६ नम्बरको ट्रकलाई जाँच गर्न खोज्दा ट्रक छाडी चालक फरार भएपश्चात प्रहरीले ४१ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीका अनुसार फरार ट्रक चालकको खोजी भइरहेको छ ।
डीएसपी भण्डारीका अनुसार ट्रकमा फल्स बटम बनाइ त्रिपालले छोपेको अवस्थामा गाँजाको बोरा लुकाइएको थियो ।
यता सुनसरीको इटहरीमा पनि एम्बुलेन्समा गाँजा फेला परेको छ । इटहरी उपमहानगरपालिका–२० तरहराबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५० किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको बा.२ च ९५७३ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा १५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी
बरामद गरेको हो ।
प्रहरीले हाल फरार एम्बलेन्स चालकको खोजी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया