कांग्रेस १५औँ महाधिवेशन : ६,१३२ वडा अधिवेशन सकियो, बाँकी कहिले ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत हालसम्म ६ हजार १ सय ३२ वडाको अधिवेशन सम्पन्न भएको छ ।

शनिबार र आइतबार देशभरका ७३ जिल्लाका ६१ सय ३२ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।

आगामी असोज १६ गतेबाट सुरु हुने कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केही जिल्ला बाहेक असोज ३ गते शनिबार र असोज ४ गते आइतबारका लागि अधिवेशनको मिति तय भएको थियो ।

केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला वाहेक सप्तरी क्षेत्र नं। २ र ४, सिरहा, मोरङ क्षेत्र नं। ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं। २, परासी क्षेत्र नं। २, तथा आज सम्पन्न हुन छुट भएका सम्पूर्ण वडा अधिवेशन लगायतको वडा अधिवेशन असोज ५ गते सोमवार पनि निरन्तर जारी रहनेछ । बाढी प्रभावित जिल्लाका लागि असोज ६ गते मंगलबारका लागि अधिवेशनको मिति तोकिएको छ ।

उनका अनुसार वडा समिति गठन भइ नयाँ प्रतिनिधि समेत छनोट भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?