राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ, काठमाडौं ल्याइँदै

लोकपथ
1k
Shares

काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताए ।

उनले भने, ‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ । आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने छ ।’

उनलाई जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?