काठमाडौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ ।
नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।
संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन्द्र’, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।
मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका छन् । कार्यक्रममा संविधानको महत्व, राष्ट्रिय एकता र लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउने सन्देश दिइएको छ ।
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री शाहलगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिएका छन् । उनीहरूले संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण, राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्न आह्वान गरेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया