काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतबार दिइँदै आएको सार्वजनिक बिदा खारेज गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक संस्थासहित विभिन्न क्षेत्रमा नकारात्मक असर परेको बताए ।
उनले आइतबारको बिदा आवश्यक नरहेको भन्दै सातामा एक दिन शनिबार मात्रै सार्वजनिक बिदा दिने पुरानै व्यवस्था कायम गर्न सरकारसँग आग्रह गरे ।
‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन । शैक्षिक संस्थादेखि सबै ठाउँमा यसले नकारात्मक असर पारिरहेको छ,’ उनले भने, ‘सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा कायम गरोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया