प्रधानसेनापति सिग्देल चीन प्रस्थान

लोकपथ
84
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा प्रस्थान गरेका छन् ।

उनी भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहने नेपाली सेनाको जंगी अड्डाले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउनेछन् । साथै, उनले चीनका उच्च सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले प्रधानसेनापति सिग्देललाई बिदाइ गरेका थिए ।

प्रधानसेनापतिको चीन भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुर्‍याउने नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?