काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन् ।
नेपाली सेनाका अनुसार चीनको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि चीन जान लागेका हुन् । भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनमा आयोजना हुने चाइना फोरम कार्यक्रममा सहभागिता जनाउनेछन् ।
यस्तै, उनले चीनका उच्चस्तरीय अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको स्रोतले जनाएको छ । प्रधान सेनापति सिग्देल असोज ३ गते नेपाल फर्किने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया