अस्कर अवार्डका लागि ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ सिफारिस

लोकपथ
35
Shares

काठमाडौं । आगामी ९९औँ अस्कर अवार्डका लागि नेपालबाट चलचित्र ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ सिफारिस भएको छ ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२७ मा हुने अस्कर अवार्डको ‘बेस्ट इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि उक्त चलचित्र छनोट भएको जनाएको हो ।

अस्करका लागि समितिमा ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ गरी दुई चलचित्र दर्ता भएका थिए । समितिले एकेडेमीका मापदण्डअनुसार दुवै चलचित्रको अध्ययन तथा मूल्यांकन गरेपछि ‘तिनीहरू’लाई छनोट गरेको हो ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले जारी गरेको विज्ञप्तिमा चलचित्र प्राविधिक र कलात्मक दुवै दृष्टिले उत्कृष्ट ठहरिएकाले नेपालको आधिकारिक प्रतिनिधिका रूपमा सिफारिस गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?