काठमाडौं । नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ ।
सो सम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको हो ।
उक्त कम्पनीले एक सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको शेयर निस्काशन गर्दैछ ।
कम्पनीले सम्झौता भएको मितिले ६ महिना भित्र शेयर निष्काशन गरिसक्नु पर्नेछ । सो अवधि भित्र शेयर निष्काशन नभएमा पुनः नयाँँ सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया