गुडिरहेको ईभी कारमा आगलागी, कारभित्र जलेको अवस्थामा एउटा शव फेला

लोकपथ
0
Shares

काठमाडौं । चितवनमा गुडिरहेको ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा आगलागी भएको हो । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै आज शुक्रबार बिहान ६ बजे यो घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना जलेर मृत अवस्थामा फेला परेको र उनको परिचय खुल्न बाँकी रहेको बताए ।

आगलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?