टनेलबाट उद्धार : माथिल्लो त्रिशूली–३बीमा ठूलो उपकरण, कुनमा कस्तो छ प्रगति ? [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । गत भदौ १० को रसुवागढी बाढीका कारण सबैभन्दा प्रभावित भएको क्षेत्र हो, जलविद्युत आयोजना ।

रसुवा र नुवाकोटमा सञ्चालिन र निर्माणधीन गरी ११ वटा आयोजनामा क्षति पुगेको सरकारी तथ्यांक रहेको छ । त्यहाँबाट ९१९ जना अझै सम्पर्कविहीन रहेका छन् ।

बाढीबाट सबैभन्दा धेरै क्षति नुवाकोटस्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा धेरै मानवीय क्षति भएको तथ्यांक रहेको छ ।

निर्माणाधीन उक्त आयोजनामा कुल १४ सय ३३ जना कार्यरत रहेका थिए । जहाँबाट ८७८ जनाको सकुशल उद्धार गरियो । हालसम्म ५४८ जना हराइरहेका छन् ।

बाढीको १० दिनपछि २ जना र एघारौँ दिनमा १ जनाको सकुशल उद्धार भएपछि त्यहाँट अन्यको समेत सकुशल उद्धार गर्न सकिने सम्भावनासहित उद्धार कार्यलाई थप प्राथमिकता दिइएको छ ।

कुन आयोजनामा के छ उद्धारको प्रगति ?

११ वटा आयोजनामा भौतिक र मानवीय क्षति भए पनि हालसम्म विभिन्न ५ वटा आयोजनामा मात्रै खोजि कार्य भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ मा आइतबार पनि सुरुङ तथा हेडवक्समा हराइरहेकाहरुको खोजी कार्य तीव्र बनाइएको छ । आज ११० मिटरको तीन डिसेण्डर वेसिनको सर्च सकिएको छ साथै शनिबार भेटिएको दुई शव नेपाल आर्मीले डिसेण्डर बेसिन डाउन साइटबाट निकालेको थियो ।

सोमबार अडिट नम्बर ३ सुरुङबाट माथितिरको सर्च कार्यलाई तीव्रता दिने कम्पनीले जनाएको छ ।

बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ आयोजना आइतबार पनि सुरुङ तथा हेडवर्क्स हराइरहेकाहरूको खोजीका लागि आवश्यक कार्य जारी रह्यो। आइतबार ११० मिटरको तीन डिसेण्डर बेसिनको सर्च सकिएको छ। शनिबार भेटिएका दुई शव नेपाल आर्मीले डिसेण्डर बेसिनको डाउन साइटबाट निकालेको छ। आइतबार आईआर ड्रोनले डिसेण्डर बेसिनमा पुरै सर्च गरेको थियो। उद्धारमा नेपाल आर्मी, नेपाल ड्रोन एसोसियसन, कोरियाली, शेर्पासहितको टिम सहभागी छ भने तालिमप्राप्त सर्च डगले पनि खोजिरहेको छ। सोमबार अडिट नम्बर ३ सुरुङबाट माथितिरको सर्च कार्यलाई तीव्रता दिने कम्पनीले जनाएको छ। बाढी आउनुअघि आयोजनास्थलमा कुल १ हजार ४३३ जना कार्यरत थिए। ती हालसम्म ८७८ जनाको उद्धार गर्न सकिएको छ।

रसुवागढी (१११ मेगावाट)

रसुवागढीको विद्युतगृहमा जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू फसेको हुनसक्ने आशंकामा शनिबार गरिएको खोजी कार्यमा कोही नभेटिएपछि आइतबार बाहिर खण्डमा खोजी कार्यलाई जारी राखिएको छ। जलविद्युत केन्द्रको संरचना तथा आवास क्षेत्र र कार्यालय रहेका स्थानहरूमा आइतबार स्थलगत खोजी कार्यलाई जारी राखिएको छ। रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक पुष्कर अमात्यका अनुसार जलविद्युत केन्द्रमा कार्यरत आफन्तहरूको अनुरोधमा ट्रेकिङ गाइड गर्ने शेर्पाहरूको समूहले घट्टे खोलादेखि टिमुरेसम्मको खण्डमा स्थलगत सर्च गरिरहेको छ।

रसुवागढीबाट जलविद्युत केन्द्रका कर्मचारी, निर्माण कम्पनीका कामदार तथा कर्मचारी, ज्यालादारी कर्मचारी लगायत गरी ९३ जना सम्पर्क विहिन छन्। उनीहरूको अवस्था अहिलेसम्म पनि अज्ञात छ। यसअघि शनिबार विद्युतगृहमा प्रवेश गरी गरिएको खोजी कार्यमा जीवित अवस्थामा कसैलाई फेला पार्न सकिएन। विद्युतगृहभित्र ४ तलाको विद्युतगृह तथा कन्ट्रोल रुमसम्मै बाढीको माटो, हिलो र लेदो भरिएको पाइएको थियो।

रसुवा भोटेकोशी (१२० मेगावाट)

रसुवागढी भोटेकोशी जलविद्युत आयोजनाबाट हराइरहेकामध्ये एक जनाको शव फेला परेको छ। आयोजनामा कार्यरत ड्राइभरको शव भेटिएको हो। आयोजनाबाट हराइरहेका २ चिनियाँसहित ३ जनाको अवस्था अझै अज्ञात छ। सुरक्षित स्थानमा पुगेर ज्यान जोगाएका ५ जनाको भने पहिले नै उद्धार भइसकेको छ।

लाङटाङ खोला (२० मेगावाट)

भोटेकोशी बाढीमा लाङटाङ खोला आयोजनाबाट हराइरहेकाहरूको खोजी कार्य सकिएको छ। आयोजनाको सुरुङभित्र २ जनाको शव बाहेक केही नभेटिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य बन्द गरेको हो। आयोजनाको पेनस्टक पाइप काटेर सुरुङभित्र प्रवेश गरी खोजी गर्दा २ जनाको शव भेटिएको थियो। दुवै शव विछिप्त अवस्थामा रहेकाले अझै पहिचान हुन सकेको छैन। अब डीएनए परीक्षण गरी पहिचान गरेर परिवारलाई हस्तान्तरण गरिने भएको छ। यो आयोजनामा कार्यरत ३९ जना अझै हराइरहेका छन्। उनीहरू बाढीमा बगेको हुनसक्ने आशंका छ। सुरक्षित ठाउँमा गएर ज्यान जोगाएका १९ जनाको पहिले नै उद्धार भइसकेको छ।

त्रिशूली थ्री बी (३७ मेगावाट)

माथिल्लो त्रिशूली थ्री बी मा कार्यरत निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका थप १३ जना सम्पर्कमा आएका छन्। यसअघि फेवाका १४१ जना सम्पर्क विहिन भनिएकोमा १३ जना सम्पर्कमा आएपछि कम्पनीबाट बेपत्ता हुनेको संख्या १२८ मा झरेको छ। आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य, परामर्शदाता कम्पनीका कर्मचारी, सुरक्षा गार्ड तथा काठमाडौं विश्वविद्यालयबाट इन्टर्नशिप गर्न गएका इन्जिनियर विद्यार्थी सहित १७८ जना अझै हराइरहेका छन्। आइतबार हराइरहेकाहरूको खोजी कार्यका लागि अडिट सुरुङको सफाइ गरी ठूला मेसिनरी उपकरण ल्याउने कार्य साँझसम्ममा सकिएमा सोमबारदेखि खोजी कार्यलाई थप तीव्र बनाउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?