काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकी चन्द्रिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकी श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट शनिबार श्रेष्ठको जीवितै उद्धार गरिएको हो ।
उनलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमान्डमा खटिएको टोलीले उद्धार गरेको थियो ।
उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक ल्याइँदैछ ।
मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेपछि उनको स्वास्थ्य अवस्था हेरी थप उपचारका लागि काठमाडौं ल्याइँने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया