काठमाडौं । माथिल्लो त्रिशूली थ्री एबाट अर्का एक व्यक्तिको पनि उद्धार भएको छ ।
उद्धार हुनेमा कबिर महर्जन रहेको उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उद्धार गरिएका कबिर मेकानिकल सुपरभाइजरका रुपमा कार्यरत रहेका थिए ।
त्यस्तै आज माथिल्लो त्रिशूली थ्री एको टनेलबाट सञ्जय साहलाई सकुशल उद्धार गरिएको थियो । उनी त्यहाँ मेकालिनक इन्जिनियरका रुपमा कार्यरत रहेका थिए ।
अन्य व्यक्तिहरुको उद्धार भइरहेको छ ।
रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनामा कुल ९४५ जना सम्पर्कविहीन रहेका छन् । जसमध्ये सो माथिल्लो त्रिशूली थ्री एबाट मात्रै ५५७ जना सम्पर्कविहीन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया