बेपत्ता आफन्तको सनाखत गर्न परिवारजनको डीएनए नमुना संकलन

लोकपथ
28
Shares

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ ।

बाढीमा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवसँग वंशाणुगत सम्बन्ध भिडाएर सनाखत गर्न आफन्तहरूको नमुना सङ्कलन गर्न थालिएको हो ।

विभिन्न अस्पतालमा रहेका बेवारिसे शवमध्ये आफ्ना आफन्त हुनसक्ने आशङ्कामा परिवारका सदस्यहरू काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए परीक्षणका लागि पुगेका छन् ।

नेपाल प्रहरी अस्पतालका अनुसार मृतकको पहिचान सुनिश्चित गर्न आफन्तहरूको रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

बाढीमा परी हालसम्म १ हजार २ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र ४ हजारभन्दा बढी अझै बेपत्ता रहेको जनाइएको छ । बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा परिवारजनमा बेचैनी बढ्दै गएको छ ।

सरकारले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ । फेला परेका शवको पहिचान हुन नसकेको अवस्थामा वैज्ञानिक परीक्षणमार्फत सनाखत गरी सम्बन्धित परिवारलाई बुझाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?