कृष्णभिरमा पहिरो : दुवै छेउबाट रुख कटान सुरु

लोकपथ
84
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरो पन्छाउने काम अघि बढाइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख काट्ने काम भइरहेको छ ।

रुख काट्ने काम सकिएपछि निर्माण उपकरण प्रयोग गरेर पहिरो हटाउने काम सुरु गरिने मन्त्रालयले जनाएको छ । पहिरो पन्छाउन आवश्यक उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको छ ।

सडक छिटो सञ्चालनमा ल्याउने उद्देश्यले कामलाई तीव्रता दिइएको मन्त्रालयको भनाइ छ ।

कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकाको आपूर्ति व्यवस्था प्रभावित भएको छ । यसका कारण उपत्यका आवतजावत गर्ने यात्रुले समेत समस्या भोगिरहेका छन् ।

सडक अवरुद्ध भएको मौका छोपेर बजारमा केही वस्तुको कृत्रिम अभाव सिर्जना हुन थालेको समेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?