काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार बुधबारसम्म राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको छ । त्यसमध्ये मंगलबार मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) लाई १ अर्ब निकासा गरिएको थियो ।
उक्त रकममध्ये ६ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकासा भइसकेको प्रधानमन्त्री शाहले बताए ।
हाल राहत कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । यस्तै, कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया