त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन सुरु

लोकपथ
49
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ ।

नदीले सडकको तल्लो भागबाट तिब्र रूपमा कटान गरेसँगै बुधबार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन सुरु भएको हो ।

नदीको बहाव बढेर सडकको जगमै क्षति पुर्‍याउन थालेपछि राजमार्गको उक्त खण्ड उच्च जोखिममा परेको छ ।

गत भदौ १० गते आएको बाढीपछि त्रिशूली नदीले यस क्षेत्रमा निरन्तर कटान गरिरहेको थियो ।

आज बिहानदेखि सडकको केही भाग धस्सिएपछि सो क्षेत्र भएर गुड्ने सवारी साधन र यात्रुहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ । सडक भासिने क्रम सुरु भएसँगै उक्त खण्डमा यातायात सञ्चालन गर्दा उच्च सावधानी अपनाउनुपर्ने देखिएको छ ।

प्राविधिक रूपमा सडकको आधारभूत संरचनामै असर परेकाले थप क्षति हुन नदिन र सम्भावित दुर्घटना टार्न शतर्कता अपनाउन आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?