काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीमा बगेर भारतमा १७ वटा शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रमा ती शव बरामद भएका हुन् ।
उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव फेला परेका छन् । यस्तै, महराजगन्ज क्षेत्रमा भेटिएका तीन महिला र एक पुरुष गरी चारवटा शव आवश्यक प्रक्रिया पूरा गरी सोमबार नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ ।
फेला परेका शवको तत्काल पहिचान हुन नसकेपछि भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेका छन् । पहिचानका लागि नेपाली प्रशासनसँग समेत समन्वय भइरहेको जनाइएको छ ।
भोटेकोशी बाढीपछि नदीको बहावसँगै शवहरू भारततर्फ पुगेपछि सीमावर्ती भारतीय क्षेत्रमा खोजी अभियान तीव्र पारिएको छ । सुरक्षा निकायले गण्डक (नारायणी) नदी किनारमा गस्ती तथा निगरानी बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया