काठमाडौं । चीनको मौसम विज्ञान प्रशासनले सोमबार जिरोङ क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
प्रशासनका अनुसार विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडकमा वर्षाका कारण सतह चिप्लो हुन सक्ने भएकाले यात्रामा सावधानी अपनाउन आवश्यक छ ।
मौसम पूर्वानुमानअनुसार जिरोङ क्षेत्रमा तापक्रम ४६ डिग्री फरेनहाइट अर्थात् करिब ८ डिग्री सेल्सियससम्म झर्न सक्नेछ । दिन र रातको तापक्रममा ठूलो अन्तर हुने भएकाले मौसम ओसिलो र चिसो महसुस हुन सक्ने प्रशासनले जनाएको छ ।
यस्तै, दक्षिणपूर्वी तिब्बतका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
थप वर्षा भएमा यसअघि नै विपद्बाट प्रभावित क्षेत्रमा सडक तथा यातायातमा थप समस्या आउन सक्ने भएकाले स्थानीयवासी तथा यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया