काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले बाढीपीडितका लागि राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने भएको छ ।
कम्पनीका अनुसार गृह मन्त्रालयको निर्णयअनुसार राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि निःशुल्क व्यवस्था गरिएको हो ।
बुद्ध एयरले सडक यातायात सहज नभएसम्म हवाई यात्राको भाडादर भने साविककै कायम रहने स्पष्ट पारेको छ । विपद्को वर्तमान अवस्थामा व्यावसायिक चुनौती आए पनि यात्रुलाई सहज र सुलभ भाडादरमा सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, कतैबाट अत्यधिक महँगो मूल्यमा हवाई टिकट बिक्री भइरहेको जानकारी भएमा कम्पनीलाई उपलब्ध गराउन बुद्ध एयरले आग्रह गरेको छ । त्यस्ता गतिविधि भेटिएमा नियमानुसार आवश्यक तथा कडा कदम चालिने कम्पनीले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया