काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन वटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवास्थित स्याफ्रुबेंसी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको बैंकले जनाएको छ । यस्तै, त्रिशूली शाखा कार्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त भई माटोले पुरिएको छ ।
तीनवटै शाखा कार्यालयमा ठुलो क्षति पुगेकाले अर्को व्यवस्था नभएसम्मका लागि बन्द रहने बैंकले जानकारी दिएको छ ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत बैंकका सबै कर्मचारीहरू हाल सुरक्षित स्थानमा रहेको र आवश्यक परे कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी अवस्थामा रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया