काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित परिवारको उद्धार, राहत तथा अन्य सहयोगका लागि तत्काल ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।
संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, आर्थिक सहयोग संकलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । संघले प्रभावित क्षेत्रमा आवश्यक मेडिकल टोली तथा स्वयंसेवक टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ ।
एनआरएनएले आफ्ना पदाधिकारी तथा सदस्यहरूलाई उद्धार र राहत कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुन अपिल गरेको छ ।
त्यसैगरी, एनआरएनएका सदस्य तथा पदाधिकारीका परिवारका सदस्य बाढीबाट प्रभावित भएरनभएको जानकारी संकलन गरी आवश्यक उद्धार तथा राहतका लागि सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गर्ने निर्णय गरिएको महासचिव डा। चीरञ्जीवी खड्काले बताए ।
एनआरएनएले विपद्को यस समयमा प्रभावित परिवारलाई तत्काल राहत पुर्याउन आर्थिक सहयोगसँगै स्वयंसेवक तथा मेडिकल टोली परिचालनलाई प्राथमिकता दिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया