रसुवा बाढी : शारदा र जाजु ग्रुपद्वारा ६० लाख बराबरको राहत दिने घोषणा

लोकपथ
0
Shares

काठमाडौं । बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहितका जिल्लाहरु प्रभावित भएका छन् ।

बाढी प्रभावित नागरिकहरुको उद्धार र राहतका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन् ।

रसुवा–नुवाकोटका बाढी प्रभावितहरुका लागि शारदा ग्रुप र जाजु ग्रुपले ६० लाख बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।

सरकारले घोषणा गरेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत बाढी प्रभावितहरुका लागि एकलाख प्याकेट रमपम तयारी चाउचाउ, एक लाख प्याकेट गुडलाइट बिस्कुट र एक लाख प्याकेट गुलाइट जुस उपलब्ध गराउने कम्पनीका ब्राण्ड म्यानेजर बसन्तमान श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

राहतस्वरुप उपलब्ध गराउन लागेको सामग्रीको मूल्य ६० लाख भन्दा बढी रहेको ब्राण्ड म्यानेजर श्रेष्ठले बताए ।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत घोषणा गरिएको उनको भनाइ रहेको छ ।

‘बाढी प्रभावित नागरिकहरुको तत्कालका लागि हामीले यो सहयोग घोषणा गरेका हौँ । सरकारको कोषमार्फत हामी राहत वितरण गर्नेछौँ,’ श्रेष्ठले भने, ‘बाढी पहिरो लगायत विपत्तिका बेला सबैले हातेमालो गर्नुपर्ने आवश्यक्ता छ ।’

नेपालमा शारदा र जाजु ग्रुप एक प्रतिष्ठित व्यवसायीक घरानाका रुपमा परिचित रहेका छन् ।

बुधबार बिहान एक्कासी भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?