एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सरकारलाई एक करोड सहयोग गर्ने घोषणा

लोकपथ
0
Shares

काठमाडौं । विपद्सँग जुध्न एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड (एक करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक करोड सहयोग गर्ने घोषणा गरिएको कम्पनीले जनाएको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकहरूको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनस्र्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई आफ्नो महत्वपूर्ण प्राथमिकताका रूपमा आत्मसाथ गर्दै आएको र राष्ट्रलाई आवश्यक परेको हरेक कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको जनाएको छ ।

आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?