गण्डकी प्रदेशका एमालेका चार मन्त्रीद्वारा सामूहिक राजीनामा

लोकपथ
0
Shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार जना मन्त्रीले राजीनामा पत्र बुझाएको प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

राजीनामा दिनेमा मन्त्री नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम कार्की रहेका छन् ।

एमाले प्रदेश संसदीय दलको आजको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि चार जना मन्त्रीले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?