काठमाडौं । बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवा र धादिङका नदी किनारमा सातजनाको शव फेला परेको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको हो । फेला परेका शवको पहिचान भने हुन सकेको छैन ।
बुधबार आएको भोटेकोसीको बाढीले रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण विभिन्न स्थानमा सडक, पुल, जलविद्युत आयोजना तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया