रसुवा बाढी : मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आइरहेको बाढी र उद्धार र राहतका सम्बन्धमा छलफल गर्न बैठक बसेको छ ।

अहिले सिंहदरबारमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक बसेको हो ।

बुधबार बिहान उत्तरी नाका तिब्बतबाट आएको बाढीले रसुवाका तटीय क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको छ ।

अहिलेसम्म क्षतिको यकिन विवरण आएको छैन । त्यसको असर रसुवा हुँदै, नुवाकोट, धादिङ, गोरखा र चितवनका टतीय क्षेत्रमा पर्न सक्ने बताइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन महाशाखाले ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?