काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सवारी साधनलाई विलासी वस्तुका रूपमा हेर्न नहुने बताएका छन् ।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १८औँ नाडा अटो शो २०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले सवारी साधनलाई आवश्यक वस्तुका रूपमा हेर्नुपर्ने बताएका हुन् ।
उनले नेपालमै एसेम्बल भइरहेका सवारी साधनको प्रवर्द्धन र विकासका लागि सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । साथै, अटो व्यवसायमा नीतिगत स्थिरता आवश्यक रहेको भन्दै सरकारलाई स्थिर नीति बनाउन आग्रह गरे ।
अटो व्यवसायी सरकारका प्रतिस्पर्धी नभई सहयात्री र सहयोगी भएको पनि अध्यक्ष उप्रेतीले बताए ।
भदौ १४ गतेसम्म चल्ने नाडा अटो शोमा २०० भन्दा बढी स्टल राखिएका छन् । प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपाङ्ग्रे सवारीका १३ गरी ५३ वटा ब्रान्ड सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया