काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको हो । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आइतबार पनि २ हजार ८ सयले बढेको थियो ।
अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ हजार २ सयले बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।
आइतबार ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया