९२ निजी विद्यालयको अनुमति रद्द गर्ने तयारीमा काठमाडौं महानगर

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ९२ वटा संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

महानगरपालिकाको शिक्षा विभागले अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित आफ्नो विवरण पेस गर्न सूचना जारी गरेको हो ।

शिक्षा विभागका प्रमुख नवराज ढकालका अनुसार शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्था देखिएपछि सूचना जारी गरिएको हो ।

उनका अनुसार विद्यालयबाट चित्तबुझ्दो जवाफ नआए अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाइनेछ ।

यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका निजी विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेज गर्ने निर्णय गरेको थियो । कागजमा मात्र रहेका र वास्तविक रूपमा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी छ ।

महानगरपालिकाले निजी विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान र स्वामित्व परिवर्तनलगायतका विषयमा कानुन र निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?