तोलामै ३ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
49
Shares

कठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको हो । हिजो अर्थात बिहीबार ९ हजार ३ सयले सुनको मूल्य बढेको थियो ।

अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार ३ सयले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३० रुपैयाँले बढेको हो ।

बिहीबार ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?