काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले तानसेन नगरपालिका–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो ।
नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउण्टरको संख्या ५ पुगेको छ ।
उक्त काउण्टरमार्फत पाल्पावासीले अत्याधुनिक, सरल तथा सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । स्थानीय सेवाग्राहीको बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्यले काउण्टर सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।
बैंकले नयाँ काउण्टरबाट सेवाग्राहीलाई आवश्यक बैंकिङ सेवा सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया