सुजुकीले ल्यायो ‘पर्वोत्सव’ योजना, १ लाखसम्म नगद छुट

लोकपथ
7
Shares

काठमाडौं । सुजुकी नेपालले दसैँ–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । सिजी मोटोकर्पमार्फत ल्याइएको यो योजना सुजुकीका प्यासेन्जर, एसयूभी र लाइट कमर्सियल गाडीमा लागू हुनेछ ।

योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत सेवा (पीएमएस) पार्ट्स र एक वर्षको निःशुल्क बीमा पाउनेछन् ।

यो सुविधा गाडीको मोडेलअनुसार फरक हुनेछ । योजना अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारालगायत सुजुकीका सबै मोडेलमा लागू हुनेछ ।

‘सुजुकी पर्वोत्सव’ योजना २०८३ साल साउन २७ गतेदेखि कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । ग्राहकले देशभरका सुजुकी शोरूमबाट यो सुविधा लिन सक्नेछन् ।

यसअघि सञ्चालनमा रहेको ई–भिटाराको पहिलो १०० युनिटको विशेष योजना भने छुट्टै रूपमा जारी रहने कम्पनीले जनाएको छ । पहिलो १०० युनिट बिक्री भएपछि ई–भिटारामा पनि मोडेलअनुसार पर्वोत्सवको सुविधा लागू हुनेछ ।

ई–भिटारा खरिद गर्ने ग्राहकले गाडीसँगै आउने ३ किलोवाटको चार्जरसँगै ७ किलोवाटको होम चार्जर पनि निःशुल्क पाउनेछन् । होम चार्जर घरमा जडान गर्न मिल्ने अवस्था भएमा मात्र जडान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकलाई मोडेल र भेरियन्टअनुसारको सुविधा तथा आवश्यक कागजातबारे जानकारी लिन नजिकको सुजुकी शोरूममा सम्पर्क गर्न आग्रह गरेको छ । सुजुकी नेपालले देशभर ४२ वटा अधिकृत आउटलेटमार्फत बिक्री तथा सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?