चीनको लक्जरी कार ब्राण्ड ‘Hongqi’ नेपालमा, Hongqi EHS4 को मूल्य कति छ ?

बुधबार हङ्सीको ई–एचएस४ नाइमा मोबिलिटी एक्पोमा सार्वजनिक गरियो

लोकपथ
56
Shares

काठमाडौं । चीनको चर्चित लक्जरी कार ब्राण्ड Hongqi (हङ्सी) को नयाँ इलेक्ट्रिक एसयुभी कार ई–एचएस४ नेपालमा सार्वजनिक भएको छ ।

मंगलबारबाट सुरु भएको दोस्रो नाइमा मोबिलिटी एक्सपो २०२६ को दोस्रो दिन बुधबार हङ्सीको ई–एचएस४ सार्वजनिक भएको हो ।

हङ्सीको नेपालका लागि आधिकारिक वितरक विशाल ग्रुप अन्तर्गतको एड्भान्स अटोमोबाइल प्रालिले नेपाल भित्राएको हो ।

हङ्सी चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रयोग गर्ने गाडीको ब्राण्ड हो । चीनको एफएठडब्ल्यू अर्थात् फर्स्ट अटोमोबाइल वर्क्स अन्तर्गत सञ्चालनमा रहेको छ । यसले सुरुवातमा चीनका राष्ट्रपति, उच्च सरकारी अधिकारी तथा राज्यक अतिथिहरुका लागि मात्र गाडी उत्पादन गर्ने गर्दथ्यो । अहिले भने विशिष्ट व्यक्तिहरुका लागि मात्र नभएर सर्वसाधारणका लागि समेत लक्जरी कार उत्पादन गर्दै आइरहेको छ ।

नेपालमा भित्रिएको हङ्सीको ई–एचएस४ को मूल्य नाइमामा भने विशेष अफर दिइएको छ ।

नेपालमा सार्वजनिक भएको हङ्सी ई–एचएस ४ को मूल्य ५९ लाख ९९ रुपैयाँ तोकिएको छ । तर नाइमा अफर अन्तर्गत यो गाडीको मूल्य ५७ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यो गाडीमा १६० किलोमिटर क्षमताको विद्युतीय मोटर जडान गरिएको छ, जसले अधिकतम २४० एनएम टर्क उत्पादन गर्न सक्छ ।

यसैगरी ६७ दशमलव १ किलोवाट घण्टा क्षमताको ब्याट्री दिइएको छ । आधुनिक प्रविधि जडित यो कारले ४६० किलोमिटर भन्दा बढी दूरी पार गर्न सक्ने परीक्षणले देखाएको छ ।

उक्त सवारीको ब्याट्रीलाई आईपी ६७ सुरक्षा तह प्रदान गरिएको छ भने चार्जिङ भोल्टेज ४०४ दशमलव ५ भोल्ट रहेको बताइएको छ ।

अब चार्जिङको कुरा गरौँ । चार्जिङको सवालमा ३० देखी ८० प्रतिशतसम्म ब्याट्री चार्ज २० मिनेटमा पूरा हुनेछ ।
पहिलोपटक नेपाल भित्रिएको यो इलेक्ट्रिक एसयूभीमा ३९३ लिटर क्षमताको बुट स्पेस रहेको छ । त्यसो त पछाडीका सिटहरु फोल्ड गर्दा सामान राख्ने क्षमता बढेर १ हजार ३ सयसम्म पुग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त एसयूभीमा ३ दशमलव ३ किलोमिटरसम्म बाह्य उपकरण सञ्चालन गर्न सकिने सुविधा रहेको छ ।

यसमा सुरक्षाका लागि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराइएको छ । कम्पनीका अनुसार यसमा एन्टी लक ब्रेकिङ प्रणाली, विद्युतीय ब्रेक बल वितरण प्रणाली र विद्युतीय स्थिरता लगायतका सुरक्षा सुविधाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?