काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ मेड इन नेपाल भेन्यू र भेन्यू एन लाइन सार्वजनिक गरेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा इन्टरकन्टिनेन्टलले नयाँ दुई मोडलका गाडी सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ भेन्यूमा आकर्षक डिजाइनसँगै आधुनिक प्रविधि र सुरक्षा सुविधा दिइएको छ । गाडीमा ट्वीन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, पावर टिल्ट एन्ड स्लाइड सनरुफ, इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग छन् ।
भेन्यू १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध छ । यसले आरामदायी ड्राइभिङसँगै राम्रो प्रदर्शन र इन्धन दक्षता दिने कम्पनीको दाबी छ ।
त्यस्तै, भेन्यू एन लाइनलाई थप स्पोर्टी डिजाइनमा ल्याइएको छ । यसमा एन ब्रान्डेड सिट, एन ब्रान्डेड यलो ह्वील, रेड हाइलाइट्ससहितको बडी क्लाडिङ र एन लाइनका विशेष डिजाइन एलिमेन्ट्स छन् ।
कम्पनीका अनुसार भेन्यू एन लाइनले स्पोर्टी लुकसँगै भेन्यूमा उपलब्ध प्रविधि, आराम र उपयोगितालाई कायम राखेको छ ।
मेड इन नेपाल भेन्यूको सुरुआती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, भेन्यू एन लाइनको सुरुआती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
दुवै गाडी नेपालभरका ह्युन्डाई सोरुमबाट बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया