काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अत्याधुनिक बीएस–६ प्रविधियुक्त बस च्यासिस सार्वजनिक गरेको छ ।
सिप्रदीले धनगढीमा आयोजना गरेको विशेष कार्यक्रममा नयाँ बस च्यासिस सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी प्रमुख अतिथि तथा सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए ।

सिप्रदी ट्रेडिङका उत्पादन प्रबन्धक इन्द्रमणि पोखरेलले नयाँ बस च्यासिसले कम प्रदूषण उत्सर्जन गर्ने, इन्धन बचत गर्ने तथा राम्रो माइलेज दिने बताए ।
उनका अनुसार बसमा आधुनिक इन्जिन व्यवस्थापन प्रणाली, उन्नत आफ्टर ट्रिटमेन्ट सिस्टम, सेलेक्टिभ क्याटालिटिक रिडक्सन प्रविधि, उत्कृष्ट टर्क तथा पावर र कम आवाज तथा कम्पनजस्ता सुविधा छन् ।

त्यस्तै, बसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, उन्नत डायग्नोस्टिक प्रणाली, प्रभावकारी ब्रेकिङ क्षमता र उच्च ग्रेडेबिलिटीको सुविधा रहेको कम्पनीले जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न सुरक्षा प्रविधिसमेत समावेश गरिएको छ ।
कम्पनीका अनुसार नयाँ प्रविधिले सवारी सञ्चालन खर्च घटाउनुका साथै यातायात व्यवसायीलाई दीर्घकालीन रूपमा लाभ पुर्याउन सहयोग गर्नेछ । सिप्रदीले बीएस–६ प्रविधि, एडब्लूको सही प्रयोग, इन्धन बचत, सुरक्षित ड्राइभिङ तथा सवारी मर्मतसम्भारसम्बन्धी चालक प्रशिक्षणलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया