काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ० दशमलव ७९ अंकले बढेर २ हजार ६ सय ४१ दशमलव ७९ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका अधिकांश उपसमूहमा गिरावट आएको छ । वाणिज्य बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र अन्य समूहका उपसूचकमा सामान्य वृद्धि भएको छ भने बाँकी उपसमूहका सूचक घटेका छन् ।
नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकममा भने केही वृद्धि भएको छ । मंगलबार ३ सय ४० कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँमा कारोबार भएको छ ।
सोमबार ३ सय ५२ कम्पनीका १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
मंगलबार उपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४ दशमलव ९९ प्रतिशतले बढेको छ । यस्तै, महिला लघुवित्तको सेयर मूल्य सर्वाधिक १४ दशमलव ९१ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया