नयाँ टियागो ईभी बिक्री सुरु : थपियो नयाँ फिचर्स, मूल्य कति ?

लोकपथ
70
Shares

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा ल्याएको फेसलिफ्ट टाटा टियागो ईभीको बिक्री सुरु भएको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बजारमा ल्याएको दुई भेरियन्टको फेसलिफ्ट टियागो ईभी ब्रिकी सुरु भएको हो ।

आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ टियागो ईभी सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार अनुसार यसको सुरुवाती भेरियन्टको मूल्य २८ लाख ९९ हजार रहेको छ भने टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार रहेको छ । नयाँ टियागो ईभी पनि पहिलेकै मूल्यमा उपलब्ध गराइएको हो ।

कम्पनीका अनुसार नयाँ टियागो ईभीको फेसलिफ्ट संस्करणमा डिजाइन, प्रविधि र सुविधामा उल्लेख्य सुधार गरिएको छ ।

नयाँ टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री रहेको छ भने यसमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । उक्त मोटरले ११४ एनएम टर्क उत्पादन गर्दछ ।

फिचर्सको कुरा गर्दा अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टी फङ्सन स्टेयरिङ, नयाँ अपहोल्स्ट्री जस्ता सुविधा रहेका छन् । इन्टेरियर डिजाइनले क्याबिनलाई थप आधुनिकता थपेको छ ।

त्यसका साथै सुरक्षाका लागि डुअल एयरब्याग, एबीएस, ईबीडी, रिभर्स क्यामेरा तथा रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेब्लिटी कन्ट्रोल जस्तो फिचर्सहरु रहेका छन् ।

नेपालमा चर्चित ब्राण्डको रुपमा स्थपित टाटाका उत्पादनप्रति आम प्रयोगकर्ताहरुको आकर्षण बढ्दो छ । सार्वजनिक भएको दुई भेरियन्टका फिसलिफ्ट टियागो ईभीले नाइमामा सबैको ध्यान तान्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?