शिवराम भण्डारीको नेतृत्वमा नेपाली जनसम्पर्क समिति फ्रान्सको नयाँ कार्यसमिति चयन

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको प्रवास समितिको रुपमा रहेको नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

राजधानी पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

९ अगस्ट २०२६ मा आयोजित भव्य समारोहकाबीच संस्थाको विधानबमोजिम सम्पन्न निर्वाचन प्रक्रियामार्फत भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि र केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए ।

अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतको उपस्थिति रहेको थियो ।

दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण गरेका निवर्तमान सभापति सुधीर रानाले आफ्ना अनुभव साझा गर्दै नयाँ समितिलाई पूर्ण सहयोगको प्रतिबद्धता जनाए । यसैगरी नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थाको गरिमालाई अझ उच्च बनाउँदै फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आफ्नो टिम निष्ठापूर्वक क्रियाशील रहने बताए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापतिद्वयमा विकास के.सी. र सुजन राज भट्ट तथा महामन्त्रीमा सुशिल भण्डारी चयन भएका छन् । त्यसैगरी, सहमहामन्त्रीको जिम्मेवारी विवेक धमला र कोषाध्यक्षको दायित्व दिपेन्द्र दाहालले सम्हालेका छन् भने कार्यसमिति सदस्यहरूमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित भएकोे महामन्त्री शुशिल भण्डारीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?