राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

लोकपथ
21
Shares

काठमाडौं । मुस्लिम आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।

नेपालको संविधानको धारा २९४ अनुसार संवैधानिक निकायले आफ्नो वार्षिक कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले प्रतिवेदन बुझाएको हो ।

कार्यक्रममा आयोगका पदाधिकारी तथा राष्ट्रपति कार्यालयका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?